दुई दिन पछि उनको बोली सुन्दा
बर्षौ पछि सुने जस्तो लाग्यो
कति मिठो
कति सुमधुर
अनि कति आत्मीय छ
उनको बोली
उनको आवाज
सधै सुनीरहु लाग्ने
मनमा अनेकौ आभास जाग्ने
र त सोच्दछु
के यो माया हो??
फेरी सोच्दछु
सम्बन्ध आत्मीय हुनाले
सम्बन्ध गहिरो हुनाले
सायद यस्तो लागेको होला
तर मन
मनले बारम्बार
मस्तिष्कसंग द्वन्द गर्दछ
साच्चै कति राम्री
कति प्यारी छिन उनी
जब मन शान्त हुन्छ
अनि फेरी
मस्तिष्क सोच्दछ
के यो माया हो??
अब त एउटै आशा छ
उनी बनेर आउनेछिन
मेरो मनको प्यार
या त मेरो प्रश्नको जवाफ
हो! प्रश्नको जवाफ
प्रश्न
के यो माया हो??
:)
Subscribe to:
Post Comments (Atom)
Popular Posts
-
With Her charming face Pretty big black eyes She looks so beautiful I keep staring I Keep caring Of her happiness Though,She accepte...
-
उषाको हर किरणसंगै जब म ब्युझन्छु एउटै नामले मेरो मन अनि मस्तिष्कमा ढकढक्याउ छ अनि सोच्दछु कहाँ होली के गर्दै होली मेरी उनि
No comments:
Post a Comment