यस्तै फूल हुकी..... (कविता)


फूल्न खोज्दा ओइली गए 
फूलवारीको माझ 
हास्न खोज्दा रोइदिन्छु 
के भो मलाई आज 

खडेरी झै बन्यो जीवन 
आसु मेरा सुकी 
फूल नफूल्दै ओइली जाने 
यस्तै फूल हुकी 

हिडिरहे जीवनमा
पागल झै बनेर
पिउन खोजे पानी त्यहाँ
स्वच्छ मुल भनेर
मनको प्यास मनमै रह्‌यो
मुल गएछ सुकी
पानी नपाई झर्नुपर्ने
यस्तै फूल हु की

उसाकालको बताससँगै
चोट लुकाइ झुलीरहे
उदासी यो मुटुलिई
फेरि पनि फूलीरहे
फूल त आखिर फूल नै हु
तर गए सुकी
मन मन्दिरमा नसुहाउने
यस्तै फूल हु की

हासु भन्छु मुटु दुख्छ
म कसरी हासु
प्रेमको प्रतिक बिछोड रहेछ
बिछोडको आँसु
हिलोमा फूलेर हु की
म भएको दु:खी
फेरी त्यहीँ झर्नुपर्ने
यस्तै फूल हु की
यस्तै फूल हु की......

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts