उनको त्यों...... (गजल)

उनको त्यों तस्वीरसंग गुनासो छ मलाई
अनि मेरो तक्दीरसंग गुनासो छ मलाई

काटियोस तर झुक्दैन नेपाली शिर भन्थे

आज झुकेको शिरसंग गुनासो छ मलाई

ज़माना फेरीएसंगै खोक्रो बन्दै यो मानव
आत्माविहीन शरिरसंग गुनासो छ मलाई

मेरो हासो र आशु सन्तुलन गर्न सकिन
मलाई नछोड्ने पिरसंग गुनासो छ मलाई

उनको त्यों तस्वीरसंग गुनासो छ मलाई
अनि मेरो तक्दीरसंग गुनासो छ मलाई

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts