जब छाउछ अन्धकार..... (गजल)




जब छाउछ अन्धकार यो मनमा केवल आश रहन्छ
भेटिन्छ कि लाली किरण जीवनमा केवल आश रहन्छ

औशी छाएको छ जुन खोज्दैछु मनको

जब जुन बिलाउदछ ग्रहणमा केवल आश रहन्छ

मन्द बताससंगै कोइलीको कुहु कुहु त्यो
जब सन्नाटा त्यो छाउछ वनमा केवल आश रहन्छ

सधै साथै रहने इच्छा र चहानाहरु ती
जब तनाव आउछ आफ्नोपनमा केवल आश रहन्छ

यो जिन्दगानी परिवर्तनशील छ साथी
जब बदलाव आउछ चालचलनमा केवल आश रहन्छ

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts