एक्लो म...... (कविता)


शहर!
मानव अनि दानवले
भरिपुर्ण यो स्वार्थी शहर
अनि यो भिडाभाडमा
कतै हराएको
अलि डराएको
एक्लो म!!


सादा गाउले जीवन
शहरिया रंगीन रंगहरुले
खुशी र उमंगहरुले
सजाउने सुनौलो सपना
र ति सपना आशाको
चितामा जलाई
विश्वास निकेतन ढलाई
बाचेको
एक्लो म!!

अब कुनै
सपना छैन
चहाना छैन
पुरा गर्नलाई
न त कुनै रिस छ
पोख्नलाई यो शहरप्रति
छु त केवल
कसैको साथको
कसैको हातको
आश बोकेको
एक्लो म!!
एक्लो म!!

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts