प्रेमले सु-सज्जित.... (गजल)



प्रेमले सु-सज्जित मन लिएर आउछे
अनि प्रेम कै प्याला मलाई पिलाउछे

एकहोरो टोलाई हेर्छे मलाई ऊ
र सधैसंगै रहने दिलासा दिलाउछे

उनको प्रेमयुक्त अलंकृत चहातको
मिठो चुम्बन त्यसमा माया मिलाउछे


खै यही हो माया सायद जस्तो लाग्छ
घरि प्रकट हुन्छे समिप घरि बिलाउछे

सधै मलाई नै हृदयको देव बनाउने रे
संगै हुनु भनि मलाई कसम खिलाउछे

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts