निभ्यो आश भरोसाको..... (गजल)



निभ्यो आश भरोसाको एउटा दियो जिन्दगीको
सधै खुशी हुने चहाना त्यो थियो जिन्दगीको

आज खुशीलाई मनको चितामा जला'को छ

सिल्दैछ फाटेको मन समाती सियो जिन्दगीको

लड्दै घिसार्दै त्यो देह बाचेको छ आज उ
मेट्न तिर्खा मनको आशुझरी पियो जिन्दगीको

स्तब्ध भइ खै के के सोच्दछ एकोहोरो उ
मुक्त हुन संसारबाट प्राण त्यो लियो जिन्दगीको

निभ्यो आश भरोसाको एउटा दियो जिन्दगीको
सधै खुशी हुने चहाना त्यो थियो जिन्दगीको

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts