बासै माग्न आउदैछु..... (गीत)



(बासै माग्न आउदैछु म तिम्रो मनको घरमा
दिन्छौ कि त बास सानु मायाको त्यो शहरमा)२

सधैभरि तिमीलाई माया म त गर्नेछु

तिम्रै मात्र भरमा सानु मन केवल पर्नेछु

संगै साथ हुन्छौ भन्ने सपनाको रहरमा
बासै माग्न आउदैछु म तिम्रो मनको घरमा

सुख दुख बाँडी चुडी जिन्दगीभर बाचौला
संगै रोउला है सानु संगसंगै हासौला
छोड्ने छैन हात तिम्रो जस्तो सुकै प्रहरमा
बासै माग्न आउदैछु म तिम्रो मनको घरमा

(बासै माग्न आउदैछु म तिम्रो मनको घरमा
दिन्छौ कि त बास सानु मायाको त्यो शहरमा)२

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts