ए!! मन..... (कविता)

ए!! मन नदुख्न तँ
कति दुख्छस्
कति तड्पीन्छस्
सम्झेर विगतलाई
बिर्सिदे सारा दु:ख
पिडा अनि पिरलाई


हेर त!
यो संसार हेर्ने आँखाहरु
आज रुदैछन्
तेरो दुखाई देखेर
जिब्रो मौन छ
ओठहरु काप्दैछन्
यहाँ

तँ किन? बुझ्दैनस्
तसंग जोडिएका हरेक
तँ दुख्दा दुख्छन्
तँ खुशी हुदा हास्छन् भनेर

मिलन अनि विछोड
जीवनको रित सम्झे
आज छ भोलि छैन
कलयुगको प्रित सम्झे
अनि सान्त्वना दे आफुलाई

अझ भन्छु
ए!! मन नदुख्न तँ
कति दुख्छस्
कति तड्पीन्छस्
सम्झेर विगतलाई
बिर्सिदै सारा दु:ख
पिडा अनि पिरलाई
सम्हाल आफुलाई.......

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts