न जिउनु न मर्नु ...... (गजल)

न जिउनु न मर्नु, न त पर सर्नु
मानव जीवन यो, खै के के गर्नु

जिन्दगीको सफ़र उतारचढाव गर्दै

कहिले चढ्नु माथि, र तल झर्नु

माया जीवनको अदभुत खेल हजूर
मनमा माया जगाई, त्यै मन हर्नु

जीवन सामान्य सोच्नु फागत छ यहाँ
घट्दा असामान्य, हेरी छक्क पर्नु

राम्रो कामले देव बनाउछ जिन्दगीमा
र घमण्ड नगरी, मात्र ज्ञान छर्नु

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts