बेबारिसे लास भए..... (कविता)



कसैलाई पर्खि आज
सडकमा ढलेको छु
बाहिर शरिर चिसो छ
म भित्र जलेको छु
यमराजको परिक्षामा
आज म पास भए
कसैको काध नपाउने
बेबारिसे लास भए


रातो भएको छु
चेहराभरि खुन छ
मैले सुन्ने नबोली
न त कुनै धुन छ
त्यसैले त आज म
अरूभन्दा खास भए
कसैको काध नपाउने
बेबारिसे लास भए

बगरको ढुङ्गा जस्तै
पानीको माया खोज्दै हिडे
तेज धुपमा भौतारिदै
पिपलको छाया खोज्दै हिडे
हिड्दाहिड्दै आज म
भित्रभित्रै ह्रास भए
कसैको काध नपाउने
बेबारिसे लास भए

अझै याद आउछ
उनीसंग बिताएका पलहरू
तर उनले छाडी गइन्‌
गरी अनेकौ छलहरू
याद मेट्न रक्सी पिइ मरे
अनि देवदास भए
कसैको काध नपाउने
बेबारिसे लास भए
यमराजको परिक्षामा
आज म पास भए ।।

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts