सुनौलो संसारमा..... (गीत)



(सुनौलो संसारमा म जिउदैछु
तिम्रो अधरको नसा म पिउदैछु)२

तिमी आयौ जीवनमा
माया ल्याई त्यो मनमा
संगै जिउने बाचा बाँधी
मायामा मलाई साँधी



(तिम्रो मुस्कानमा म हराउदैछु
तिम्रो हर अदा मन पराउदैछु)२

तिमी नै तिमी छौ
मेरो हर प्रहरमा
बसन्त यो छर्किदेउ
उजाड यी रहरमा

(तिमीलाई हरपल म सम्झिदैछु
तिमीलाई देख्न म तड्पिदैछु)२
सुनौलो संसारमा म जिउदैछु

तिम्रो अधरको नसा म पिउदैछु

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts