आज राती सपनीमा...... (गजल)

आज राती सपनीमा उनलाई भेट्ने विचार छ
मेरी हृदयाकाशकी जुनलाई भेट्ने विचार छ

मैले निधो गरी सके उनलाई आफ्नो बनाउने

अब नसोध्नुहोला है कुनलाई भेट्ने विचार छ

धनसम्पत्ति हिरामोती भन्दानि अमुल्य छिन
उनै प्यारी अखबरी सुनलाई भेट्ने विचार छ

उनकै प्रेम रसमा बाचेको छ यो देव आजसम्म
मुटुको धड्कन अनि खुनलाई भेट्ने विचार छ

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts