गाँउकी काली.... (गजल)




गाँउकी काली शहर तिर पसेपछि बिग्री
क्रिम पाउडर मुहारभरी घसेपछि बिग्री

चौबन्दी र फरियामा कति सुहाउथ्यो

जिन्स पाइन्ट टाइट भेस्ट कसेपछि बिग्री

ग्ल्यामरको प्रतिस्पर्धा चल्दैछ आजभोली
छोटो लाउने आधुनिकताले डसेपछि बिग्री

बोल्न नि लजाउनेले ब्वाईफ्रेन्ड बनाइछे
कुन कालेको प्रेम जालमा फसेपछि बिग्री

गाँउकी काली...............
क्रिम पाउडर...............

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts