म अनि मेरो किताब....(कविता)


बाल्यकालमा मलाई
उसंग खुबै लगाव थियो
उ मेरो मिल्ने साथी
म प्राय उसैसंग रमाउथे
उसैसंग दिन बिताउथे

उसले मलाई
कथा सुनाउथ्यो
कविता सुनाउथ्यो
सुनाउथ्यो सारा ती रचनाहरु
कहिले
कुरा ज्ञान विज्ञानका गर्थ्यो
त कहिले कुरा इतिहासका
भन्नुपर्दा
उ मेरो प्रेरणा थियो
मेरो ज्ञानको स्रोत
तर आज समयसंगै
उ सकेन परिवर्तन हुन
मात्रै सम्बन्ध उसको र मेरो
अनि यो सेरोफेरो
परिवर्तन भएछ
बढ्दैछ दुरी हामी बिच
टाढीदै छौ हामी
म अनि मेरो किताब

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts