एउटा पागल .... (गजल)



एउटा पागल उ आफैदेखि भागेको छ धेरै टाढा
हारी आफैसंग बौलाउदै लागेको छ धेरै टाढा

त्यो माटोलाई घर सम्झिन्छ आकाश छानो अरे
त्यै माटोमा रमाउदै सुती जागेको छ धेरै टाढा


बोल्दैन कहिल्यै उ भाषा बोली बिर्से जस्तो
चुप रहि मौनताको सिमा नागेको छ धेरै टाढा

सायद धोका पाएथ्यो माया अनि जीवनबाट
एउटीको तस्बिर छातीमा टागेको छ धेरै टाढा

एउटा पागल उ आफैदेखि भागेको छ धेरै टाढा
हारी आफैसंग बौलाउदै लागेको छ धेरै टाढा

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts