पूर्ण एउटा..... (गजल)


पूर्ण एउटा मेरो नामको कहानी ,पाइन मैले
धेरै पहिले छोडी आ'को निसानी,पाइन मैले

मन अनि जीवनमा औशी छा'को छ

उमंग सहितको त्यो लाली बिहानी,पाइन मैले

सधै माया सम्बन्धको पछि भौतारिरहे
टुहुरो छु म आमाको काख सिरानी,पाइन मैले


मलाई घृणित दृष्टि लाउछ यो समाजले
ऐश्वर्य रवाव हुनेलाई कतै बिरानी,पाइन मैले

संसारिक जीवन त्यगी हिड्ने सोच थ्यो

डढाए जिन्दगी तर आफ्नै खरानी,पाइन मैले

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts