मलाई कविता लेख्नै आउदैन..... (कविता)

म शब्दहरु बटुल्छु
अनि खेल्ने प्रयत्न गर्दछु
एक अनौठो
शाब्दिक खेल
अनि सोच्दछु
कुन रचनाले सजाउ
मेरा पानाहरु
गीत, गजल, मुक्तक या
कविता
कविता???
ए साच्चै !!
मलाई कविता लेख्नै आउदैन


अनि रविको लालित्यलाई
शाव्दिक अंगालोमा
बाध्ने कोशिश गर्दछु
जसरी रजनिको
शीतल पवनसंगै
फुल्दछ शिरिसको फुल
त्यसरी म मेरा शब्दलाई
शाध्ने कोशिश गर्दछु
नहास्नु होला है मित्र
सत्य धरोधर्म
मलाई कविता लेख्नै आउदैन

एकतिर बसन्त छाएको छ
पालुवा पलाउने समय
रंगीन फुल फुल्ने समय
अनि सोचे !!
यो बसन्त बारे
केही लेख्नुपर्छ
तर चैत्र मासको
बतासले पात उडाए जस्तो
उडायो मेरा
सारा शव्दहरु
त्यसरी नहेर्नुन मित्रहरु
म साच्चै भन्दैछु के
मलाई कविता लेख्नै आउदैन

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts