मेरी उनि...... (कविता)

उषाको हर किरणसंगै
जब म ब्युझन्छु
एउटै नामले
मेरो मन अनि मस्तिष्कमा
ढकढक्याउ छ
अनि सोच्दछु
कहाँ होली
के गर्दै होली
मेरी उनि


खै के तारिफ गरु
के बयान गरु म
सृष्टिको एक उत्कृष्ट
अनुपम रचना भनु
या सर्वगुणले सम्पन्न
एक युवती भनु
हरपल हरक्षण
मनमस्तिष्कमा
छाउछिन उनी
मेरी उनी

मुस्कान, लज्जा
अनि मिठो बोली
जस्ता अनेकौ आभुसणले
सु-सज्जित भएर
हर रोज
आउने गर्दछिन
मेरो सपनीमा
अनि अधर नसा
नजरले पिलाई
मदहोस बनाउछिन
मेरी उनी

हर रोज
सपनीमा आउछिन
मेरी उनी
मेरीउनी

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts