हाम्रो शान.... (कविता)

हाम्रो देश नेपाल अनि हामी नेपाली
हामी नै यसका फूल अनि हामी नै माली
सयौ थुँगा फूलका हामी, हाम्रो राष्ट्रिय गान
कम्मरमा खुकुरी शिरमा टोपी यही हो

डोर्‌याउछौ हामी यो
विशाल विश्वलाई
मानिसहरुमा विश्वबन्धुत्व को भाव जगाई
अथितीहरुको गर्दछौ हामी सदैव सम्मान
कम्मरमा खुकुरी............

हामी नेपाली सदैव विश्वास गर्दछौ कर्ममा
भाइचारा र मेलमिलाप छ हाम्रो जाति धर्ममा
हामी कहिल्यै गर्दैनौ अन्य जातिको अपमान
कम्मरमा खुकुरी........ ... ..

आइलाग्ने माथि जाइलाग्न हामी जान्दछौ
आफू मरी अरुलाई बचाउनु आफ्नो कर्तव्य ठान्दछौ
एकता र शान्तिकालागि विश्वलाई गर्दछौ आह्वान
कम्मरमा खुकुरी... ... ... ...

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts