मेरी काली... (गजल)



याद मेरो आउदा खेरि टोलाउदै होली मेरी काली
फर्कि आउनु काले भन्दै बोलाउदै होली मेरी काली

के ल्याउनु हुन्छ फर्कि आउदा भन्ने गर्थिन उनी

मेरो चिनो हातको चुरा खेलाउदै होली मेरी काली

म राजा उनी रानी सपना उनका धेरै थिए
ति सपनाहरु मनभित्रै सेलाउदै होली मेरी काली

काले कौवा कति अल्छि सुन्ने बानि परेकोथ्यो
म नभएसी मन भुलाउने केपाउदै होली मेरी काली

मेरी राम्री प्यारी काली फर्कि आउने आशमा छु
सायद मलाई भुलि अचेल रमाउदै होली मेरी काली

No comments:

यस्तै फूल हुकी..... (कविता)

फूल्न खोज्दा ओइली गए  फूलवारीको माझ  हास्न खोज्दा रोइदिन्छु  के भो मलाई आज 

Popular Posts