एउटा पागल उ आफैदेखि भागेको छ धेरै टाढा हारी आफैसंग बौलाउदै लागेको छ धेरै टाढा त्यो माटोलाई घर सम्झिन्छ आकाश छानो अरे त्यै माटोमा रमाउदै सुती जागेको छ धेरै टाढा
अनि खेल्ने प्रयत्न गर्दछु एक अनौठो शाब्दिक खेल अनि सोच्दछु कुन रचनाले सजाउ मेरा पानाहरु गीत, गजल, मुक्तक या कविता कविता??? ए साच्चै !! मलाई कविता लेख्नै आउदैन